Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मीनाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको सानदार जित, साफ यू-२० महिला च्याम्पियनसिपमा दोस्रो जित

  •   १ वर्ष अघि | ३१ असार २०८२, मङ्लबार

काठमाडौं, असार ३१ । बंगलादेशको बसुन्धरा किङ्स एरेनामा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा नेपालले श्रीलंकामाथि ७–० को फराकिलो जित हासिल गरेको छ। नेपाली टोलीको जितमा फरवार्ड मीना देउवाले ह्याट्रिक गर्दै चम्किएकी हुन्।

मीना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईको २ गोल, समिक्षा मगर र सरिता कुमारी यादवको एक–एक गोलले नेपाली टोलीले जितको सुरिलो धुन बजायो।

पहिलो हाफमै पाँच गोल

भारी वर्षाका कारण ढिला सुरु भएको खेलमा नेपालले खेलको ८औं मिनेटमा मीनाको शानदार गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि १३औं मिनेटमा समिक्षा मगरले दोस्रो गोल गर्दै दबाब बढाइन्। ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। इन्जुरी समयमा पूर्णिमा राईले लगातार दुई गोल गरेपछि नेपाल पहिलो हाफमै ५–० को अवस्थामा पुग्यो।

ह्याट्रिकसहित मीनाको चमक

दोस्रो हाफमा केही समय गोल सुकेको अवस्थामा ७०औं मिनेटमा मीनाले आफ्नो ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ६–० बनाइन्। खेलको अन्त्यतिर इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमार्फत गोल गर्दै नेपालको जितलाई अझै प्रभावशाली बनाइन्।

नेपालले अन्य गोल अवसर पनि सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन।

अंक तालिका र प्रतियोगिता संरचना

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ को हार व्यहोरेको थियो।

श्रीलंकाले भने यो हारसँगै लगातार तेस्रो पराजय भोगेको छ। उसले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार खेपेको थियो।

प्रतियोगितामा चार टोली सहभागी छन्— नेपाल, बंगलादेश, भुटान र श्रीलंका।

डबल राउन्ड रोबिन फर्म्याट अनुसार खेलाइँदैछ। अन्तिममा सर्वाधिक अंक जोड्ने टोली उपाधि विजेता बन्नेछ।

हालसम्मको स्थिति:

बंगलादेश – ३ खेल, ९ अंक

नेपाल – ३ खेल, ६ अंक

भुटान – ३ खेल, ३ अंक

श्रीलंका – ३ खेल, ० अंक

  • Jigyasanepal

थप