Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

काठमाडौं । क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ ।

आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि खेल सुटआउटमा पुगेको हो ।

जहाँ उरुग्वेका लागि पेनाल्टी प्रहार गरेका चारै खेलाडीले गोल गर्दा क्यानडाका दुई खेलाडी चुके ।

उरुग्वेका लागि फेडेरिको भलभर्डे, रोड्रिगो बेन्टानकुर, डे अरास्काएटा रलुइस सुवारेजले गोल गरे ।

क्यानडाका लागि जोनाथन डेविड, मोइस बोम्बितो र माथिउ चोइनिइरेले मात्र गोल गरे ।

इस्माएल कोनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने अल्फोन्सोले डेविडले हानेको अन्तिम पेनाल्टी क्रसबारमा लागेको थियो ।

त्यसअघि हार नजिक पुगेको उरुग्वेका लागि इन्जुरी टाइममा सुवारेजले बराबरी गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा रोड्रिगोलबेन्ट नकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । मोनले २२औं मिनेटमा क्यानडाका लागि बराबरी गोल गरेका थिए ।

यस्तै ८०औं मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम सममया सम्हालिन नसक्दा पहिलो सहभागितामै तेस्रो बन्ने अवसर क्यानडाले गुमायो ।

  • Jigyasa media

थप