काठमाडौं, २०८१ कात्तिक १२ – आईसीसी विश्वकप लिग-२ अन्तर्गत डालासमा भएको रोमाञ्चक खेलमा नेपाल तीन विकेटले अमेरिकासँग पराजित भएको छ। अमेरिकाले नेपालले दिएको २८७ रनको लक्ष्य ७ विकेटको क्षतिमा २ बल बाँकी छँदै पूरा गरेको हो।
अमेरिकी टोलीका ओपनर शायन जहाजिंगरले १०४ रनको महत्वपूर्ण शतकीय योगदान दिए, जसका कारण अमेरिकी टोलीले सहजै जित हात पार्न सफल भयो। कप्तान मोनांक पटेलले ६२ रन, हरमित सिंहले ५७ रन र शाड्लीले २९ रन जोडेर अमेरिकालाई बलियो आधार दिलाए।
नेपालको बलिङतर्फ कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए, भने सोमपाल कामीले २ विकेट र ललित राजवंशीले १ विकेट हात पारे।
यसअघि, टस गुमाएर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २८६ रन बनायो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतक बनाउने मौका गुमाए। अनिल साहले ५६ रन र आसिफ शेखले ५२ रनको योगदान दिए।
अमेरिकाको बलिङतर्फ नोस्थुश केन्जिगेले ४ विकेट लिए भने अन्य तीन बलरले समान एक/एक विकेट लिएका थिए। अब नेपालले लिग २ अन्तर्गत आफ्नो अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।
- Jigyasa media