Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आईपीएल २०२५ : प्रभसिमरन र श्रेयसको अर्धशतकले पञ्जाबलाई लगातार दोस्रो जित

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत २० – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पञ्जाब किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

लखनउले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। टोलीका लागि प्रभसिमरन सिंहले विस्फोटक अर्धशतक बनाउँदै २३ बलमै ५० रन पूरा गरे। उनले ९ चौका र ३ छक्कासहित ६९ रन बनाए। कप्तान श्रेयस अय्यरले ५२ रनमा अविजित रहेर टोलीलाई जितसम्म पुर्‍याए। यस्तै, नेहाल वधेराले पनि ४३ रनको महत्वपूर्ण पारी खेले। लखनउका लागि दिग्वेश राथीले मात्र २ विकेट लिन सफल भए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। टोलीका सर्वाधिक स्कोरर निकोलस पूरनले ४४ रन बनाए भने आयुष बदोनीले ४१ रनको योगदान दिए। एइडेन मार्करम (२८) र अब्दुल समाद (२७) ले पनि केही महत्त्वपूर्ण रन जोडे।

पञ्जाबका बलरहरूमध्ये अर्शदीप सिंह सबैभन्दा प्रभावशाली देखिए। उनले ३ विकेट लिँदै लखनउलाई ठूलो स्कोर बनाउनबाट रोके। युजभेन्द्र चहल, ग्लेन म्याक्सवेल, मार्को यानसेन र लकी फर्गुसनले समान १-१ विकेट लिए।

यस जितसँगै पञ्जाबले २ खेलमा २ जित दर्ता गर्दै ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लखनउ भने ३ खेलमा २ अंक मात्र बटुल्दै छैटौं स्थानमा झरेको छ।



  • Jigyasa media

थप