Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आईसीसी विश्वकप लिग २: नेपाललाई अमेरिकासँग ३७ रनको हार

  •   २ वर्ष अघि | १८ कार्तिक २०८१, आइतवार

काठमाण्डौ ।

शनिबार आईसीसी विश्वकप लिग २ अन्तर्गत भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.१ ओभरमा २४४ रनमा सबै विकेट गुमायो।

नेपालका लागि ओपनर अनिल साहले उत्कृष्ट प्रदर्शन गर्दै ८० बलमा ५२ रन बनाए, जसमा ४ चौका र १ छक्का समावेश थियो। अर्का ओपनर आसिफ शेख भने मात्र ६ रनमा पभेलियन फर्किएका थिए।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने कुशल भुर्तेलले पनि १ विकेट हात पारे। अमेरिकाका लागि साइतेजा मुक्कामाले ७५ रन बनाए भने कप्तान मोनाक पटेलले ६७ रन र ५९ रनको अन्य अर्धशतकीय योगदान दिए।

सिरिजअन्तर्गत नेपालले सोमबार स्कटल्यान्डसँग आफ्नो अन्तिम खेल खेल्नेछ।


  • Jigyasa media

थप