Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

एएफसी यु-२० एसियन कप छनोटमा नेपाल आज बहराइनसँग खेल्दै

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

काठमाडौँ – चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। समूह बी अन्तर्गत हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ।

नेपालले यसअघि तीन खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ। पाँच टोली सहभागी समूह बी मा नेपाल तीन अंकसहित चौथो स्थानमा रहेको छ, जबकि बहराइनले समान तीन अंकका साथ तेस्रो स्थानमा स्थान बनाएको छ।

समूहको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानले दुवै खेल जितेर ६ अंक प्राप्त गरेको छ भने कम्बोडिया पनि तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना भने समाप्त भएको छ।

नेपाल आजको खेलमा जित हासिल गर्दै प्रतियोगितालाई सम्मानजनक रूपमा समाप्त गर्ने प्रयासमा हुनेछ।

  • Jigyasa media

थप