Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

काठमाडौं । एसीसी महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत नेपालले आईतबार आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । खेलअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाउँदै १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।


जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले ११.५ ओभरमै जम्मा १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको रंगिरी दमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रनको योगफल तयार पारेको हो ।


छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन् ।


३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भइन् । सिता रानामगर २६ रन बनाउँदा रन आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन् । कप्तान इन्दु बर्मा शुन्य रनमा नै बोल्ड आउट भइन् ।


रुविना क्षेत्री ८ रनमा रनआउट रहिन् । नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन् । नेपालले अब मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • Jigyasa media

थप