Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

यू-१९ महिला विश्वकप छनोट : पहिलो पटक नेपाली महिला क्रिकेट टिम विश्वकपमा सहभागी हुने

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

काठमाडौं, कात्तिक २८ – नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्ने अवसर प्राप्त गरेको छ। बुधबार भएको छनोट खेलमा नेपालले घरेलु टिम यूएईलाई ८ विकेटले पराजित गर्दै आगामी जनवरीमा मलेसियामा आयोजना हुने आईसीसी यू-१९ टी-२० महिला विश्वकपमा स्थान सुरक्षित गरेको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेट गुमाएर सजिलै पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले नटआउट रहँदै सबैभन्दा बढी ३५ रन बनाइन्, जबकि कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साथै, साबित्री धामीले १२ रन बनाउँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलिन्।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। यूएईको लागि कप्तान समाइरा धर्निधरकाले ३१ रन बनाइन्, रिनिथा रञ्जितले २० रन, र ओपनर लावन्या केनी तथा इन्दुजा नन्दाकुमारले समान १० रनको योगदान दिए।

बलिङतर्फ नेपालकी कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिइन्। उनले एकै ओभरमा ३ खेलाडीलाई आउट गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याइन्। नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट हात पारेका थिए।


  • Jigyasa media

थप