Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

विश्वकप लिग–२: यूएईविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

  •   ५ महिना अघि | १८ बैशाख २०८३, शुक्रबार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा आज नेपालले यूएईसँग दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

पहिलो भेटमा यूएईलाई ३७ रनले पराजित गरेको नेपाल आजको खेल जित्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। लिग–२ को शीर्ष ६ भित्र रहँदै एकदिवसीय वरियता जोगाउन नेपालका लागि जित अत्यन्तै महत्वपूर्ण मानिएको छ।

यसअघि बुधबार वर्षाले प्रभावित खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमार्फत १०२ रनले पराजित भएको थियो। त्यसैले घरेलु मैदानमा जारी सिरिजमा नेपाल पुनः लयमा फर्किन चाहन्छ।

नेपालले आज यूएईलाई हराउँदै सिरिजमा ४ अंक जोड्ने योजना बनाएको छ। तर पहिलो खेलमा पराजित यूएई पनि आजको खेलमा पुनरागमन गर्दै नेपाललाई चुनौती दिने तयारीमा छ।

जारी सिरिजमा नेपालको शीर्षक्रम ब्याटिङ अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोलीले दबाब झेलिरहेको छ। युएईविरुद्धको पहिलो खेलमा पनि बलिङको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले जित हात पारेको थियो।

ओमानविरुद्धको खेलमा भने नेपालले ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोर प्रदर्शन गरेको देखिएको थियो। यद्यपि, अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने लगातार राम्रो प्रदर्शन गर्दै टोलीका लागि आशाको केन्द्र बनेका छन्।

नेपालले आजको खेल जित्दै र आगामी खेलमा ओमानसँग हारको बदला लिँदै ४ अंक जोड्ने रणनीतिका साथ मैदान उत्रिनेछ।

  • Jigyasanepal

थप