Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

डडेल्धुरामा रात्रीबस दुर्घटना: चारको मृत्यु, १२ घाइते

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

डडेल्धुरा, असोज ३० – कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको रात्रीबस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटना अमरगढी नगरपालिका–७ स्थित खस्रेखानमा मंगलबार राति ११:३० बजे भएको हो।

दुर्घटनामा परेका मृतकहरूमा दुई महिला, एक पुरुष, र एक नाबालक रहेका छन्। प्रहरीका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका-३ की जयमति बोहरा (४५), कमला बोहरा (२०), उनका छोरा, र सहदेव बोहरा (२२) रहेका छन्। बस करिब ३५० मिटर तल खसेको थियो, जसका कारण गम्भीर दुर्घटना भएको हो।

प्रहरीले घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताएको छ, भने गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। दुर्घटनाको प्रारम्भिक अनुसन्धानले बस चालक निदाएको कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको छ।


  • Jigyasa media

थप