Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कैलालीको सामुदायिक जंगलमा दुई व्यक्तिको शव फेला

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित सालघारी सामुदायिक जंगलमा दुई पुरुषको शव फेला परेको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१० निवासी अन्दाजी ३० वर्षीय देवल चौधरी र ३२ वर्षीय कैदा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरी प्रयोग गरी रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो, भने करिब १५ मिटर पर रानाको शव भुइँमा भेटिएको थियो।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव उठाइसकेको छ। पोस्टमार्टमका लागि शव अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहोराले जानकारी दिए।


  • Jigyasa media

थप