माघ २, काठमाडौं। देशभर आंशिक बदली भइरहेकाले सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही भू-भागमा हल्का हिमपात हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च स्थानहरूमा हिमपातको असर देखिन सक्छ।
यसैगरी, तराईका केही क्षेत्रहरूमा बिहानको समय हुस्सु र कुहिरोले असर पारेको छ भने अन्य ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसमको यो स्थितिका कारण यात्रुहरूलाई सावधानी अपनाउन तथा हिमाली क्षेत्रमा आवश्यक सुरक्षा कदम चाल्न मौसमविद्हरूले आग्रह गरेका छन्।
- Jigyasa media