Breaking News
मेरो मन खुसीले उफ्रन्छ    ||     आज राति पनि देशभर बदली, यी क्षेत्रमा वर्षाको सम्भावना    ||     मनसुन सक्रिय : आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी    ||     सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||    

खोला तर्ने क्रममा दुई जनाको मृत्यु

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

 काभ्रे । खोला तर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

मिति २०८१/०३/२२ गते ७ बजेको समयमा काभ्रे जिल्लाको रोशि गा.पा.११ स्थित रहेको भ्याकुरे खोला तर्ने क्रममा सोही स्थान बस्ने बर्ष ६५ कि जालमाया रुजाल मगर र निजकै भदैनि बर्ष ५ कि सेतिमाया रुजाल मगरलाई खोलाले बगाई ९०० मिटर तल दुबै मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त खबर स्थानीय बाट पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलटार बाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा टोलि खटि घटनास्थल पुगेका थिए ।            जिल्लामा शुक्रबार बेलुकी देखि परेको अविरल वर्षातको कारण बिपी राजमार्ग र अरनिको राजमार्ग समेत दिनभर अवरुद्व थियो । प्रहरीले स्थानीयको सहकार्यमा अवरुद्व सडक खोलेको थियो । जिल्ला स्थित १३ वटा पालिकाको विपद् व्यवस्थापन टोली सक्रिय अवस्थामा रहेको र विपद्को सूचना प्राप्त आउनासाथ खबर गर्न अनुरोध गरेका सूचनाहरू समेत सार्वजनिक भएका छन् । भने सूचनामा जोखिम क्षेत्रमा नबस्न र नजान समेत आब्वान् गरिएको छ । 

  • Reporter

थप