Breaking News
सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||    

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार काभ्रेका तामाङको मृत्यु

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।


आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४, नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए।

प्रहरी निरीक्षक शर्माका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएको छ।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते भएका छन्। उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ।

प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय राज कुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

  • Jigyasa media

थप