Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

उपल्लो डोल्पामा खाद्यान्न संकट : दशैँ–तिहारमै चामल टुट्ने चिन्ता

  •   १ वर्ष अघि | ५ असोज २०८२, आइतवार

सुर्खेत, असोज ५ ।

उपल्लो डोल्पास्थित तीन पालिकामा खाद्यान्न अभाव तीव्र बनेको छ। धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा गत वर्ष बाँडिएको चामल सकिएपछि ठेक्का नलाग्दा नयाँ चामल ढुवानी हुन नसकेको हो।

डोल्पा शाखाका प्रमुख विष्णु घिमिरेका अनुसार गत आर्थिक वर्षमा आएको चामल वितरण भइसकेको छ, तर यस वर्षको ढुवानीको प्रक्रिया सुरु नभएकाले स्थानीयवासी समस्या भोगिरहेका छन्।

शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार कम्पनीले प्रति २५ किलो चामल रु. २,२१९ मा बिक्री गर्दै आएको छ भने बजारमा सोही परिमाणको चामल रु. ४,५०० सम्ममा पर्न गएको छ। “दशैँ–तिहारमा चामल अभाव हुँदा गाउँले थप दुःख पाएका छन्, वर्षमा कम्तीमा एक पटक नियमित रूपमा चामल ल्याएर वितरण गर्न जरुरी छ,” उनले भने।

गुरुङले मङ्सिरभित्रै खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामा ठूलो संकट आउने चेतावनी दिए। हिमाली क्षेत्रमा असोजको अन्तिम सातापछि हिमपात सुरु हुने भएकाले तत्काल ढुवानी गर्नुपर्ने उनको भनाइ छ।

उपल्लो डोल्पामा शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन्। चीनसँग सिमाना जोडिएका यी हिमाली भूभागमा वर्षेनी ढुवानी समस्या भइरहेका छन्।

यता, कर्णाली प्रदेशका अन्य जिल्लामा भने पर्याप्त खाद्यान्न रहेको प्रदेशिक कार्यालय सुर्खेतले जनाएको छ। प्रदेश प्रमुख केशवराज बुढाका अनुसार ५१ ठाउँमा बिक्री वितरण गर्ने व्यवस्था रहे पनि हाल ४२ स्थानबाट मात्र काम भइरहेको छ। हाल प्रदेशमा १५ डिपो र २८ बिक्री केन्द्र सक्रिय छन् भने ८ वटा शाखा र एक प्रदेशिक कार्यालयमार्फत आपूर्ति व्यवस्थापन भइरहेको छ।

👉 उपल्लो डोल्पामा भने तत्काल चामल ढुवानी हुन नसके, हिमपात सुरु भएपछि दशैँ–तिहार मात्र होइन, पूरै हिउँदभर खाद्यान्न अभावले स्थानीयवासीलाई थप कष्ट पर्ने निश्चित छ।

  • Jigyasanepal

थप