Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

पाँचथर ग्रिनेड विष्फोट: मृतक परिवारलाई ५ लाख राहत, घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

काठमाडौं, भदौ २७ - पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा भएको ग्रिनेड विष्फोटमा ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।

यस घटनामा साढे २ वर्षीया प्रिन्सा सावाँ र ११ वर्षीय दिप्सन सावाँको ज्यान गएको थियो। मन्त्री पौडेलका अनुसार, घाइते भएका १० वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राईको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय पनि भएको छ। हाल उनीहरूको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ।

केही दिनअघि मन्त्री पौडेलले अस्पतालमा गएर घाइते बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यसै सन्दर्भमा मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहत र घाइते बालबालिकाको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो।


  • Jigyasa media

थप