Breaking News
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||    

पूर्वी नेपालमा वर्षा: सामान्य प्रभाव कि ठूलो प्रणाली?

  •   १ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

काठमाडौं । पछिल्लो २४ घण्टामा पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा भएको छ। मौसमविद्का अनुसार, कोसी र मधेस प्रदेशका केही क्षेत्रहरूमा सामान्य प्रणालीको प्रभावका कारण वर्षा भएको हो।

सबैभन्दा धेरै वर्षा सप्तरीमा
मौसमविद् सञ्जीव अधिकारीका अनुसार, सप्तरीमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा भएको छ भने मोरङको बाहुनीमा ८ मिलिमिटर पानी परेको छ। यसबाहेक, पूर्वी नेपालका केही स्थानमा १० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ।

भारी वर्षाको सम्भावना छैन
"हालसम्म ठूलो वर्षा भएको छैन र तत्काल ठूलो पानी पर्ने सम्भावनासमेत देखिँदैन," मौसमविद् अधिकारीले बताए।

तर, केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा समस्या
विभागको वेबसाइटमा केही प्राविधिक समस्या देखिएको र त्यसलाई समाधान गर्न प्रयास भइरहेको अधिकारीले जानकारी दिए।

  • Jigyasa media

थप