Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

कोसी प्रदेशमा दुर्घटनाको डरलाग्दो अवस्था : एक वर्षमै ४१८ को ज्यान, ट्राफिक लापरवाही प्रमुख कारण

  •   १ वर्ष अघि | १५ साउन २०८२, बिहिबार

 साउन १५, २०८२, विराटनगर ।

कोसी प्रदेशमा पछिल्लो एक वर्षमा मात्रै ४ सय १८ जनाको ज्यान जाने गरी सडक दुर्घटनाको भयावह अवस्था देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ५ सय ६३ वटा दुर्घटना भएका छन्।

यस अवधिमा ७११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको उल्लंघन र चालकको लापरवाहीपूर्ण सवारी सञ्चालन रहेको कार्यालयका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठ बताउँछन्।

दुई वर्षको तुलनामा दुर्घटनामा तीव्र वृद्धि

गत वर्षको तुलनामा यो वर्ष कोसीमा दुर्घटनाको संख्या ५८ प्रतिशतले बढेको छ।

२०७९/८० मा : ३,५६३ दुर्घटना, ३९७ मृत्यु, ६,०७६ घाइते

२०८०/८१ मा : ५,६२६ दुर्घटना, ४१८ मृत्यु, ९,२४१ घाइते

मृत्युदर ५% र घाइते हुने संख्या ५२% ले बढेको छ।

 सबैभन्दा बढी मृत्यु मोरङ, झापा र सुनसरीमा

जिल्लागत विवरण हेर्दा सबैभन्दा धेरै ज्यान गुमाउनेहरू मोरङ जिल्लामा छन् —

मोरङ : १२५

झापा : ९५

सुनसरी : ९१

उदयपुर : ३६

धनकुटा : १३

सङ्खुवासभा : १२

इलाम : ११

भोजपुर : १०

अन्य जिल्लाहरू (खोटाङ, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम) : २–६ जनासम्म

 कारबाहीमा २ लाखभन्दा बढी सवारीसाधन

ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ सवारीसाधनमाथि कारबाही गरिएको छ, जसबाट राज्यले १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। ट्राफिक सचेतनाबाट ६ लाखभन्दा बढी लाभान्वित

इटहरी ट्राफिक कार्यालय अन्तर्गतका १४ जिल्ला र ९६ इकाईहरूले दैनिक निगरानी र चेकिङ कार्य गर्दै आएका छन्।

१ वर्षमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम

६ लाख १६ हजारभन्दा बढी चालक, विद्यार्थी र सडक प्रयोगकर्ता लाभान्वित

🎥 ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग

सुरक्षा निगरानीका लागि कोसी प्रदेशका विभिन्न मार्गहरूमा प्रविधियुक्त उपकरणहरू जडान गरिएका छन्—

९३२ स्थानमा सिसिटिभी क्यामेरा

झापा, विराटनगर र खारजीमा ANPR प्रविधियुक्त नम्बर प्लेट डिटेक्टर क्यामेरा

६ स्थानमा चेकपोस्ट ट्राफिक कम्युनिकेसन एपसहित

२१ स्थानमा ‘टाइम कार्ड इन्ट्री’ प्रणाली

दैनिक २३९ स्थानमा चेकजाँच र राडरगनमार्फत गति नियन्त्रण

ब्रेथलाइजर र लागूपदार्थ परीक्षण नियमित रूपमा

  • Jigyasanepal

थप