Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  •   १ वर्ष अघि | २१ माघ २०८१, सोमवार

मोरङ — मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–४ निवासी करिब ७० वर्षीय फौदसिंह विक गम्भीर घाइते भएका थिए। आइतबार दिउँसो २:३० बजे भएको उक्त दुर्घटनापछि उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याइएको थियो, जहाँ ४:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–१० निवासी १९ वर्षीय अजाद हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुल्न आएको छ। प्रहरीका अनुसार वृद्धले बाटो पार गर्ने क्रममा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप