Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

प्रतिभा सम्मान प्रवन्ध गुठीद्वारा शिक्षासेवीहरुलाई सम्मान गरिने

  •   ८ महिना अघि | २७ माघ २०८२, मङ्लबार

काभ्रे । काभ्रेमा जन्मिनु भई काभ्रेकै शैक्षिक जगत्मा लामो समयदेखि सेवा पु¥याउँदै आउनुहुने शिक्षासेवीहरुको सम्मान गरिने भएको छ । प्रतिभा सम्मान प्रवन्ध गुठीले २०५४ सालदेखि विविध क्षेत्रमा क्रियाशील काभ्रेली प्रतिभाहरुको छनौट गरी सम्मान गर्ने परम्परा सुरु गर्दै आएको छ । समाजसेवी, स्वास्थ्यसेवी, मानवअधिकारकर्मी, महिला उद्योगकर्मी, पत्रकार, महिला पत्रकार, साहित्यकार, हास्यव्यङ्ग्यका प्रतिभा, विद्यार्थी, शिक्षक र धार्मिक व्यक्तित्वहरुको पनि विभिन्न सन्दर्भमा सम्मानित गरिसकेको छ । यसरी यसपटक २०८१ र २०८२ को गरी २०८२ फागुन ९ गते ६ जना सेवीहरुमा ५ जना काभ्रेली शिक्षासेवीहरु र १ जना काभ्रेको दुर्गम क्षेत्रदेखि विभिन्न ठाउँमा उत्कृष्ट शिक्षणसेवा पु¥याइसक्नुभएका भाषासाहित्य क्षेत्रका चर्चित व्यक्तित्वको सम्मान हुने कुरा अध्यक्ष मोहन दुवालले जानकारी गराउनुभएको छ ।

शिक्षासेवीहरुका रुपमा सम्मान हुनेहरुमा काभ्रेका ५ जनामा क्रमशः डा. अम्बुभवानी कार्की, कमला कायस्थ, गोविन्दलाल प्रधानाङ्ग, प्रा. भोला के.सी. र माधवप्रसाद अधिकारी छन् । काभ्रेको दुर्गम क्षेत्र तालढुङ्गालगायत अन्य ढुङ्खर्क, पाँचखाल र बनेपामा १० सौं वर्ष शिक्षण सेवा पु¥याएर काभ्रेको मन जित्न सफल साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली पनि सम्मानित हुने भएका छन् । 

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न समयमा हास्यसाहित्यका अग्रज लेखक कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य । वौद्ध धर्मका चर्चित व्यक्तित्व डा. अनोजा गुरुमाँ । समाजसेवीका रुपमा हरिभक्त भोछिभोया र दिलसुन्दर श्रेष्ठ । स्वास्थ्यसेवीहरुमा डा. बालकृष्ण थापा र सोनी शाक्य । साहित्यकारहरुमा यादव खरेल, रत्नप्रसाद अनामणि श्रेष्ठ र सूर्यप्रसाद लाकोजू । पत्रकारहरुमा दीपक सापकोटा, भोला थापा र मोतिराम तिमल्सिना । महिला पत्रकारहरुमा कृष्णा ताम्राकार, भगवती तिमल्सिना र सिर्जना दुवाल । महिला उद्यमीहरुमा कमला लामा, ज्योत्सना सैंजु र निरु ताम्राकार बैदार । मानवअधिकारकर्मीहरुमा प्रदिप पोखरेल, भोजराज तिमल्सिना र राजु सरकार । 

गुठीको सुरुवातताका १÷१ जना बनेपाली गौरवका रुपमा रु.५१,०००।– नगदसहित सम्मान गर्ने परम्परा थियो । जसमध्ये शिक्षणसेवामा भरतराज श्रेष्ठ, राजनीति कर्ममा हर्ष ख्वाखल वादे श्रेष्ठ र भाषा–साहित्य क्षेत्रमा मोहन दुवाललाई तत्तत्क्षेत्रमा पु¥याइएको विशेष योगदानका लागि सम्मानित भइसकेका छन् । 

  • Jigyasanepal

थप