Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

नेपाल स्रष्टा समाजद्वारा आर.डी. प्रभास चटौतलाई सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१ प्रदान गरिने

  •   २ वर्ष अघि | १५ मंसिर २०८१, शनिबार

काठमाडौं । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार आर.डी. प्रभास चटौतलाई नेपाल स्रष्टा समाजले सुभद्रा–विश्वराज स्रष्टा सम्मान-२०८१ प्रदान गर्ने भएको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'को अध्यक्षतामा बसेको समाजको बैठकले चटौतलाई यो सम्मान दिने निर्णय गरेको हो। नगद राशी २१ हजार एक सय एघारसहितको सम्मान आगामी पुस १६ गते काठमाडौंमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ। सो कार्यक्रम समाजको १८ औं स्थापना दिवसका अवसरमा आयोजना गरिने बताइएको छ।

समाजले यो सम्मान नेपाली साहित्यमा पारम्परिक तथा शास्त्रीय विधामा योगदान दिने स्रष्टाहरूलाई प्रदान गर्दै आएको छ। स्रष्टा समाजका अध्यक्ष रोदनले बताएअनुसार चटौतलाई यो सम्मान प्रदान गर्नु समाजका लागि गर्वको विषय भएको बताएको छ ।

सम्मानका लागि स्थापित योगदान

वि.सं. २०७४ मा कवि विधान आचार्यद्वारा स्थापित यो सम्मान हालसम्म रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, प्रा. घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल, श्रीहरि फुँयाल, र गोविन्दराज विनोदीलाई प्रदान गरिएको छ।

आर.डी. प्रभास चटौतले नेपाली साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै समाजले यो निर्णय गरेको हो। चटौतको विशिष्ट कृतित्वले नेपाली संस्कृतिलाई थप बलियो बनाएको बताइएको छ।

सम्मानका विशेषता

सुभद्रा–विश्वराज स्रष्टा सम्मानले नेपाली साहित्यिक जगतमा शास्त्रीय र मौलिक सृजनाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले साहित्यकारलाई प्रोत्साहन प्रदान गर्नुका साथै आगामी पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ।

नेपाल स्रष्टा समाजको यो कदमले नेपाली साहित्यको शास्त्रीय विधालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप