Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित

  •   १ हप्ता अघि | ९ असोज २०८३, शुक्रबार

काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासङ्ग्रह विदेशमा देश को लोकार्पण भएको छ । 

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार,प्राडा लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,छविरमण सिलवाल,केशव पराजुली ुरोदनु दम्पति लगायतले उक्त कृति लोकार्पण गरे ।

दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्राय नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, रोदनका कृतिहरु तथ्यको सन्निकट भएको पाएको छुु । उनका नियात्राहरु विवरणात्मक मात्र हुँदैनन्,निजात्मक पनि हुन्छन् । अझै उनको निरन्तर भाषा साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ । 

कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन् । नियात्राहरु अरुको भन्दा पृथक पनि लाग्छन् । देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ,उनको लेखनीमा यहि फरकपना छ ।  कृतिमा विदेशका विभिन्न सन्दर्भहरु र परिवेशहरु आएको बताउँदै उनले अगाडि भने, तथ्यहरु भएको नियात्रामा पाठकले विभिन्न विषयहरुसँग स्वदेशलाई तुलना गर्न सक्छन् । विकसित देशका राम्रा पक्षमात्र नभएर कमजोरी पनि केलाइएको छ । नियात्रामा सहयात्रीसँग वार्ता पनि गरिएको छ । सुक्ष्म विषयहरु पनि आएका छन् । काव्यात्मक चेत र दार्शनिक वाक्यहरु पनि प्रयोग भएका छन् । 

प्रा.डा.लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशङ्सा गरे । प्रा.डा.गौतमले रोदनका रचनाहरु स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयरुमा पढाई हुने गरेको पनि बताए । उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रुपमा औँल्याए । 

रोदनकी धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरु स्मरण गरिन । उनले रोदनसँगका विभिन्न अनुभूतिहरु साझा गरिन । 

भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति रोदनलाई बधाई दिए । 

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरे । 

रोदनका नर्विसने दिनहरु र समुन्द्रवारि,समुन्द्रपारि दुई नियात्राकृति सहित झण्डै डेढदर्जन कृतिहरु प्रकाशित छन् । 

विदेशमा देशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

  • Jigyasanepal

थप