Breaking News
बीपी राजमार्गको सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृतक सबै ८ जनाको पहिचान खुल्यो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी    ||     काभ्रे बस दुर्घटना अपडेट : ८ मृतकमध्ये ६ जनाको सनाखत, २ जनाको पहिचान खुल्न बाँकी    ||     श्रेष्ठको कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित    ||     बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु    ||     पश्चिमी न्यून चापीय रेखाको प्रभाव कायम, पाँच प्रदेशमा वर्षाको सम्भावना    ||     फुटबल महाकुम्भको भव्य सुरुवात : साकिरादेखि नोरा फतेहीसम्मको सांगीतिक उत्सव    ||     आगामी दुई दिन वाग्मती, मधेस र लुम्बिनीका दक्षिणी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     धान रोपाइँको मुखमै सुदूरपश्चिममा मल संकटको संकेत, २६ पालिकाले अझै उठाएनन् रासायनिक मल    ||     देशका विभिन्न प्रदेशमा आज वर्षाको सम्भावना, केही तराई क्षेत्रमा तातो दिन रहने    ||    

श्रेष्ठको कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

  •   ५ घण्टा अघि | ३० जेष्ठ २०८३, शनिबार

काठमाडौँ । अग्रज साहित्यकार,कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण सम्पन्न भएको छ ।

शुक्रवार चिवहाल,ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.कपिल लामिछाने,छविरमण सिलवाल,प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि अग्रज साहित्यकार,कवि भूवनहरि सिग्देलले नेपाली साहित्यमा श्रेष्ठको पदचापमा हिड्ने प्रेरणा सबै कवि साहित्यकारले पाएको बताए । उनले सुन्दर नियात्रा र संस्कृतिमा कलम चलाउने श्रेष्ठले जागिर छोडेपनि कलम नछाडेको भन्दै उनको सक्रियता र क्रियाशिलता देखेर आफुलाई इष्या लागेको बताए । उनले भने, ‘कल्पनाले विलक्षण कवि बौलाउँछ,त्यसमा तर जोड दिँदा सुन्दर कविता जन्मिन्छ । साहित्य भनेको नेपाल हो,साहित्य भनेको भाषा हो,यसलाई छोड्ने हो भने देश गुम्छ । हामी स्रष्टाहरु अबैतनिक ढंगले देशको सेवा गरिरहेका छौं । तेजप्रकाशबाट अरुपनि कृतिहरु जन्मिउँन ।’


अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने ,’साहित्य र नियात्रा साहित्यमा मात्र नभएर संस्कृतिमा पनि सक्रिय योगदान गरेका स्रष्टा तेजप्रकाशको नाम झिकिदिने हो भने अधुरो रहन्छ । उनको कविताप्रतिको प्रेम पनि उच्च रहेछ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममका कृतिमाथि परिचर्चा गर्दै प्रा.डा.लामिछानेले भने,  ‘नियात्राकारमा उच्च छवि बनाएका श्रेष्ठको कविता विधामा द्धन्द्ध,छ,सन्त्रास छ,द्धन्द्धका पीडाबाट भयवित जनमानस,कोरोना कहर,दिवंगत आफन्तप्रतिको श्रद्धा सुमन रहेको  छ  ।’  उनले संस्कृतिका विभिन्न अध्ययन अनुसन्धान गरेका कविले संस्कृतिका विभिन्न विषयहरुले कवितामा विषयवस्तु बनेका बताए ।

अर्का चर्चाकार प्रदीप सापकोटाले सशस्त्र द्धन्द्धकालीन समयको त्रासदी,सर्वसाधारण मान्छेका मनोदशा, नेपाली राजनीतिका विकृति,नेताहरुको स्वार्थ र आम जनताका निराशालाई कविले कवितामा विषयवस्तु बनाएको बताए । उनले भने,’कोरोना लगायतका प्राकृतिक विपत्तिहरु,मानवीय संवेदनाका विभिन्न पक्षहरु, आफन्तहरुको शोक,प्रकृतिप्रेम र पर्याचेत,अग्रज स्रष्टाहरुप्रतिको सम्मान,ह्रासोन्मुख संस्कृति जस्ता विषयहरुमा  कवि तेजप्रकाश श्रेष्ठको कलम चलेको छ । प्रायःकतिपय कविताहरु प्रतिकात्मक रुपमा आएको बताउँदै सापकोटाले कवित्व समसामयिक चेतका बलिया खम्बा हुनुहुन्छ।उमेरको प्रौढतासँगै कविताहरु देखिएको छ । कतिपय कविताहरुमा बिम्ब,प्रतिक र अलंकारहरुको प्रयोग भएका छन् ।’


कृतिकार श्रेष्ठले भने, ‘मैले लेखेका कविता कविता हुन कि होइनन् मलाई नै थाहा छैन् ।’  विश्वास नलागेर साथीभाइलाई देखाउँदा कविता बनेको छ भनेर उत्प्रेरित गरिदिनाले यो कृतिको रुपमा आएको बताए ।


कार्यक्रममा कविहरु सुमन थापा,संगम,विश्व सिग्देल र अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले जाँगरको कल्पबृक्षका कविताहरु बाचन गरे ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गरेका थिए । कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।


जाँगरको कल्पवृक्षलाई सुनकोशी बाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

  • Jigyasanepal

थप