Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

कवितामय बन्यो ठमेल, नयाँ वर्षको अवसरमा सम्पन्न भयो ठमेल काव्योत्सव

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

काठमाण्डौ 
नयाँ वर्ष २०८२ को स्वागतसँगै काठमाडौंको ऐतिहासिक चिस्वहाल, ठमेल साहित्यिक ऊर्जा र रचनात्मक भावनाले भरिएको थियो। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न ‘ठमेल काव्योत्सव’ मा अग्रजदेखि अनुजसम्मका तीन दर्जनभन्दा बढी कविहरूले आ–आफ्ना रचना प्रस्तुत गरे। कार्यक्रमको औपचारिक सुरुवात पानसमा दीप प्रज्वलन गरी काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारी, कवि–निर्देशक राजेन्द्र शलभ र लोकगायक मच्छेश्वर सापकोटाले संयुक्त रूपमा गरे।
काव्यात्मक माहोलले भरिएको कार्यक्रममा सह–आयोजकको रूपमा चिस्वहाल परिवारको सक्रिय सहभागिता थियो। उद्घाटन मन्तव्य दिंदै वडा अध्यक्ष तिवारीले भने, “कविहरूको कलमले समाजलाई सकारात्मक बाटोमा लैजाने प्रेरणा दिओस्, म सधैं सहकार्यका लागि तयार छु।”
विशिष्ट अतिथि कवि, निर्देशक तथा गीतकार राजेन्द्र शलभले आफ्ना कवितामार्फत मन छुने सन्देश दिएका थिए भने अर्का विशिष्ट अतिथि वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले लोकसंगीतको माध्यमबाट विकृति र विसङ्गतिविरुद्ध सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए।

काव्य मञ्चमा अतिथि स्नेह सायमीले चिस्वहालको ऐतिहासिक महत्व र सौन्दर्यमा कविता घोलेर आफ्ना विचार राखे। कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा साहित्यको प्रवर्द्धनमा गरिएको पहलको प्रशंसा गर्दै स्थापनाकालदेखि नै प्रभावशाली गतिविधिहरू गर्दै आएको उल्लेख गरे।
कविता वाचन सत्रमा श्रीबाबु कार्की, डा. अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, दिपक चौलागाई, सुषमा आचार्य ‘अंशु’, शशीश्री आचार्य, रमा अधिकारी ‘कादम्बरी’, लक्ष्मण सापकोटा, गंगा थापा अधिकारी, ध्रुव थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, रूपा रिसाल, पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयंकृत’, विष्णु थापा, गोविन्दराज पौडेललगायतका सशक्त कविहरूले विविध भाव र शैलीमा कविता प्रस्तुत गरे।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष रामसुन्दर देउजाले राखेका थिए।
‘इ–खबर नेट’ को सहकार्यमा सम्पन्न काव्योत्सवमा कवि, साहित्यकार, कलाकार तथा आम दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो।
  • jigyasa media

थप