Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

१० वर्षमा हावाहुरीका १५१९ घटना, १०१ जनाको मृत्यु

  •   ५ महिना अघि | १७ बैशाख २०८३, बिहिबार

काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७३ वैशाख १ देखि २०८२ माघ २५ गतेसम्म कूल १,५१९ वटा हावाहुरीका घटना भएका छन्।

उक्त अवधिमा हावाहुरीका कारण १०१ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। साथै १,५७२ जना घाइते भएका छन् र ८,५०४ परिवार प्रभावित बनेका छन्। हावाहुरीका कारण मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि हुने गरेको तथ्याङ्कमा उल्लेख छ।

विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन्। यस अवधिमा हावाहुरीबाट करिब ५३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। त्यस्तै, भारी वर्षाका कारण ११० जनाको र हिउँ–हुरीका कारण १७ जनाको मृत्यु भएको पनि तथ्याङ्कले देखाएको छ।

यसैबीच चालु वैशाख महिनाको १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटिसकेका छन्। ती घटनामा परी ३४ जनाको मृत्यु र १३९ जना घाइते भएका छन्। यस अवधिमा मात्रै ४४ वटा हावाहुरीका घटनाबाट ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

जलवायुविद् डा. मनिष पाण्डेका अनुसार जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति र तीव्रतामा परिवर्तन आएको छ। उनले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले जलवायु जोखिम न्यूनीकरणका लागि अनुकूलन र न्यूनीकरण रणनीतिलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

  • Jigyasanepal

थप