Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

नवलपुरको अम्रसा जंगलमा भीषण मोटरसाइकल दुर्घटना : दुई युवकको ज्यान गयो, एकजना गम्भीर घाइते

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, मङ्लबार

जिज्ञासा नेपाल, नवलपुर | १३ जेठ २०८२, मंगलबार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अन्तर्गत अम्रसा जंगलमा मंगलबार बिहान भएको भीषण मोटरसाइकल दुर्घटनामा दुई युवकले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्।

लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा २४ वर्षीय नवीन कुमाल२२ वर्षीय रादिम मिधुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले पुष्टि गरेका छन्। ती दुवै जना मध्यविन्दु–७, चोरमाराका स्थायी बासिन्दा हुन्।

दुर्घटनामा परी २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। उनी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई हाल चोरमारामा बस्दै आएका थिए। गम्भीर अवस्थाका घर्तीलाई तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

बिहान करिब ६ बजे अम्रराबाट चोरमारा जाँदै गरेको मोटरसाइकल तीव्र गतिमा अनियन्त्रित भई चिप्लिएर जंगलको भित्री सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीनै जना एउटै साइन मोटरसाइकलमा सवार रहेको र सुरक्षाका मापदण्ड पालना नगरेको आशंका गरिएको छ।

घटनास्थलमा पुगेर प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

तीव्र गति, असावधानी र ट्राफिक नियमको उल्लङ्घनले फेरि पनि दुःखद घटना घटायो। युवायुवतीमा सडक सुरक्षाबारे सचेतना जगाउने बेला भएको छ।

  • Jigyasanepal

थप