Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको दुःखद निधन

  •   १ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुष ४, २०८१ – बाराको महागढीमाई: बाराको महागढीमाई नगरपालिका–१, बरियापुर टोलमा दुई वर्षीया बालिका पानी भरेर राखिएको ड्रममा डुबेर ज्यान गुमाएको दुखद घटना सार्वजनिक भएको छ।

स्थानीय समिर रायकी छोरी अलिशा खातुन बिहीबार दिउँसो खेल्ने क्रममा पानीको ड्रममा डुबेकी थिइन्।

डुबेर अचेत अवस्थामा फेला परेपछि तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद पनि उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ। यस्ता घटनाबाट बच्न बालबालिकालाई सुरक्षित वातावरणमा राख्न र सतर्कता अपनाउन अभिभावकलाई अनुरोध गरिएको छ।


  • Jigyasa media

थप