Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

अछाममा दुई किशोरी मृत फेला: अनुसन्धानमा प्रदेश प्रहरीको टोली परिचालित

  •   १ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

१५ माघ, धनगढी । अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानलाई तीव्र बनाइँदै छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ढकारी-८ की १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको शव आइतबार जंगलमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली परिचालन गरेको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दका अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गरिरहेको भए पनि घटनाका पछाडि कुनै आपराधिक कारण हुनसक्ने भन्दै प्रदेशस्तरबाट सहयोग पुर्याइँदै छ। उनले भने, "अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरी टोली आजै अछाम पुग्नेछ।"

शनिबार बिहान घरबाट बाख्रा चराउन गएका यी किशोरीहरू बेलुका नफर्किएपछि खोजी कार्य सुरू गरिएको थियो। आइतबार उनीहरू मृत अवस्थामा भेटिएपछि घटनाले शंकास्पद रूप लिएको छ।

दुई जना नियन्त्रणमा, अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी ईश्वरी भण्डारीका अनुसार घटनासँग सम्बन्धित रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने केही व्यक्तिलाई बयानका लागि नियन्त्रणमा लिइएको थियो। सोधपुछपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।

डीएसपी भण्डारीले भने, "घटना हत्या हो कि दुर्घटना भन्ने अझै पुष्टि भइसकेको छैन। थप प्रमाणहरू संकलन भइरहेका छन्।" अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र तालिम प्राप्त कुकुरको समेत सहायता लिइएको छ।

शव परीक्षणपछि थप तथ्य खुल्ने

भेरी प्रादेशिक अस्पतालमा शव परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। प्रहरीले मंगलबार मृतक किशोरीहरूको शव परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

मृतकका आफन्तले घटनाबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले घटनालाई रहस्यमय भन्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनलाई दबाब दिएका छन्।


  • Jigyasa media

थप