Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

काभ्रेको नाम चलेको रिसोर्टभित्र अनलाइन सट्टाबाजी ! पाँच जना पक्राउ

  •   १० महिना अघि | ३१ असार २०८२, मङ्लबार

अर्जुन अधिकारी काभ्रे ।

असार ३१, २०८२

 काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, नगरकोटस्थित एक होटलभित्र अनलाइन सट्टाबाजी (जुवा) सञ्चालन भइरहेको सूचना पाएपछि प्रहरीले आकस्मिक छापा मारेर पाँच जना युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार असार ३० गते दिउँसो करिब २:३० बजेको समयमा NALDUM VILLAGE RESORT AND GREEN PEACE RESTAURANT नामक होटलमा अनलाइन सट्टाबाजी भइरहेको विशेष सूचनाका आधारमा प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। होटल खानतलासी गर्दा पाँच थान ल्यापटप र १८ थान मोबाइलसहित अनलाइन सट्टाबाजी गरिरहेको प्रमाण भेटिएपछि पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस्तो छः

१. दिगज नकर्मी (३२), भक्तपुर नगरपालिका–८, ईमाटोल

२. सञ्जीव कुशी (२८), कमलबिनायक, भक्तपुर

३. रोशन प्रजापति (२४), भक्तपुर

४. एलिस कुश्म (२९), सूर्यबिनायक–७, कटुन्जे

५. रोजन महर्जन (३१), काठमाडौं महानगरपालिका–१६, शान्तिनगर का छन् । 

पक्राउ परेका पाँचै जनालाई अनलाइन सट्टाबाजी सञ्चालन तथा संलग्नतामा अनुसन्धानका लागि हिरासतमा लिइएको र थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

उनका अनुसार बरामद भएका डिजिटल उपकरणहरूको प्राविधिक विश्लेषण समेत भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट यिनले विदेशी अनलाइन प्लेटफर्ममार्फत नेपालमै सट्टाबाजी सञ्चालन गरिरहेको आशंका गरिएको छ। नेपाल प्रहरीले यस्ता डिजिटल अपराध नियन्त्रण गर्न जनसहभागिताका लागि सबैलाई सचेत हुन र यस्ता गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप