Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

अग्रज कम्युनिस्ट नेता तथा पूर्व सांसद विदुर सापकोटाको निधन

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रज नेता, विचारक तथा कुशल संगठक तथा पूर्व सांसद विदुर सापकोटाको ६८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बिहीबार बिहान ३:५० बजे चिकित्सकहरूको टिमले उहाँलाई मृत घोषणा गरेको हो।

स्वर्गीय सापकोटाले पञ्चायती शासनविरुद्धको संघर्षदेखि भूमिगत राजनीति हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको काभ्रे जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै लामो समय पार्टीको सुदृढीकरणमा योगदान दिनुभएका उहाँ एक पटक तत्कालीन काभ्रे क्षेत्र नम्बर ४ बाट बाट २०७० मा एमाले बाट निर्संबाचित समविधान सभा सदस्य (सांसद) समेत हुनुभयो  एमाले विभाजनको बेला पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको रूपमा क्रियाशील हुनुहुन्थ्यो। संविधानसभा सदस्यको रूपमा उहाँले राष्ट्रको नीति निर्माणमा समेत महत्वपूर्ण योगदान दिनुभएको थियो।

उहाँको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनले एक प्रखर वक्ता, संगठनकर्ता र बैचारिक नेता गुमाएको छ। यो दु:खद घडीमा हामी स्वर्गीय कमरेड सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

श्रद्धाञ्जली कार्यक्रम

स्वर्गीय सापकोटाको पार्थिव शरीर बिहीबार बिहान ८:०० देखि १०:०० बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, तिनकुनेमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।


हार्दिक श्रद्धाञ्जली!


  • Jigyasa media

थप