Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बैतडीमा दाजुको गोली प्रहारबाट भाइको ज्यान गयो

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

बैतडी— बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा गोली लागी एक युवकको मृत्यु भएको छ।

शनिबार राति करिब ८ बजे लेनदेन विवादका क्रममा कर्णबहादुर विष्ट (४०) ले आफ्नै भाइ सुरेन्द्र विष्ट (२२) माथि गोली प्रहार गरेका थिए। गोली लागी गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनापछि कर्णबहादुर फरार भएका छन्। प्रहरीले उनको खोजीकार्य जारी राखेको जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडू, इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउद र खोचलेक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक गणेश कडायत सहितको टोली परिचालित भएको छ।


  • Jigyasa media

थप