Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

गण्डकीमा वर्षा र हिमपातको सम्भावना, कोसी र मधेसमा हावाहुरीको चेतावनी

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

बिहान कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी स्थानहरूमा मौसम मुख्यतः सफा रहेको छ। दिउँसो गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान अनुसार, अपराह्नपछि कोसी र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ। यस्ता मौसमी गतिविधिले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौंको मौसम कस्तो रहने?

काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताइन्। “आज उपत्यकामा माथिल्लो वायुमण्डलमा बादल छाइरहनेछ, तर यसले वर्षा गराउने सम्भावना छैन,” उनले भनिन्। बिहान उपत्यकामा उच्च स्तरका बादल (हाइक्लाउड) देखिएको र दिउँसो पनि यस्तो नै रहने अनुमान गरिएको छ।

हाल देशभरि पश्चिमी र स्थानीय वायुप्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम परिवर्तनका कारण हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


  • Jigyasa media

थप