Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बस दुर्घटना : चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

लु २ ख ३०३ नम्बरको बस, जो नवलपरासीको बर्दघाटबाट अर्घाखाँची गएको थियो, फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर तीन महिला र एक पुरुषको ज्यान गएको छ, तर मृतकहरूको पहिचान खुल्न बाँकी छ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार कार्य गरी घाइतेहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको वडाध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


  • Jigyasa media

थप