Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बाढीपहिरोको क्षति मूल्याङ्कन गर्दै सरकारद्वारा स्थानीय तहमा बजेट वितरणको तयारी

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

काठमाण्डौ । 

सरकारले बाढीपहिरोबाट भएका क्षतिको मूल्याङ्कन गरी स्थानीय तहहरूमा आवश्यकताअनुसार बजेट उपलब्ध गराउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै क्षतिको अवस्था अनुसार स्थानीय तहमा बजेट पठाउन गृहकार्य भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार, बाढीपहिरोका कारण सङ्कटग्रस्त ४९ स्थानीय तहहरूको सङ्ख्या अझै बढ्न सक्ने संभावना छ। पूर्ण विवरण गृह मन्त्रालयले छिट्टै सरकारलाई उपलब्ध गराउने बताइएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्वका लागि स्वीकृति दिएको छ। थाइल्यान्डमा कात्तिक ६-८ सम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयर’ कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई, रसियामा कात्तिक १-३ मा हुने ‘इन्टरनेसनल स्पोर्ट्स फोरम’मा युवा तथा खेलकुदमन्त्रीलाई र जर्मनीमा असोज २७ मा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशिप इभेन्ट’मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषदले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २६६ अस्थायी राजपत्राङ्कित पद स्वीकृत गर्नुका साथै विभिन्न राष्ट्रिय नीति तथा नियमावलीहरू, जस्तै शेयर तथा ऋण लगानी नीति, बीउबिजन नियमावली, र दूरसञ्चार (दशौं संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ।


  • Jigyasa media

थप