Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बागलुङमा पिकअप भ्यान दुर्घटना: चालकसहित ५ जनाको मृत्यु

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

बागलुङ, २६ कात्तिक | बागलुङको जैमिनी नगरपालिका-८ स्थित छिस्तीबाट बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बिहान साढे ८ बजे भएको यस दुर्घटनामा चालकसहित पाँच जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार, ग२च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै सडकबाट एकसय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिएका छन् कि मृतकहरूको पहिचान भने अहिलेसम्म खुलिसकेको छैन।

दुर्घटनामा एक जनालाई जीवितै उद्धार गरिएको भए पनि उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप