Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको निधन

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

रुकुम पश्चिम, २४ भदौ - रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आइतबार राति मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले मोटरसाइकल बगाएपछि मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ की ३२ वर्षीया निर्मला केसी थापाको ज्यान गएको हो।

मुसिकोट–४ का पुन र मुसिकोट–६ की थापा साँख गाउँबाट कानेवाङतर्फ आउँदै गर्दा रा६प २९६९ नम्बरको मोटरसाइकल बगाएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार, घटनाको जानकारी आज बिहान मात्र प्राप्त भएको हो।

प्रहरीले महिलाको शव खोलाबाट तीन सय मिटर तल र पुरुषको शव मोटरसाइकलले च्यापिएको अवस्थामा २० मिटर तल फेला पारेको छ।

  • Jigyasa media

थप