Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

महाकालीमा दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बग्दा एकको मृत्यु, अर्का बेपत्ता

  •   २ वर्ष अघि | २९ भदौ २०८१, शनिबार

काठमाण्डौ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बग्दा एक जनाको मृत्यु भएको छ भने अर्को किशोर बेपत्ता भएका छन्।

प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार, १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अबि दमाई महाकाली नदीमा दाउरा सङ्कलन गर्ने क्रममा बगेका थिए। घटनापछि सौरभको शव दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै महाकाली नदीको किनारमा फेला परेको छ।

अर्का किशोर अबि दमाईको अवस्था अझै अज्ञात छ। स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उनको खोजी कार्य जारी राखेको छ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएकोले खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जानकारी दिएको छ।


  • Jigyasa media

थप