Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

इजरायली सेनाले हिजबुल्लाहका हजारौँ रकेट ध्वस्त पार्यो

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

जेरुसेलम – इजरायली सेनाले हिजबुल्लाह समूहले उत्तरी र मध्य इजरायललाई लक्षित गर्दै पठाएका हजारौँ रकेट लन्चरलाई ध्वस्त पारेको जनाएको छ। सेनाको विज्ञप्तिअनुसार, करिब १०० इजरायली वायुसेनाका लडाकू विमानले लेबनानको दक्षिणी सिमानामा रहेका रकेट लन्चर ब्यारेलमा आक्रमण गरेर ती रकेटलाई नष्ट गरेका हुन्।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले हिजबुल्लाहले उत्तरी इजरायलतर्फ सयौँ रकेट र यूएभी (मानवरहित हवाई वाहन) प्रहार गरेको बताए। उनले भने, "यो आक्रमण हिजबुल्लाहको योजनाबद्ध ठूलो आक्रमणको एक हिस्सा थियो, तर हामीले यसको अधिकांशलाई विफल पार्न सफल भयौँ।"

शोशानीले थपे कि आक्रमणपछि स्थिति मूल्याङ्कन गर्ने क्रम जारी छ, र केही आक्रमणहरू अझै पनि भइरहेका छन्। आक्रमणले सामान्य क्षति पुर्याएको जानकारी पनि उनले दिए।

प्रवक्ता शोशानीका अनुसार, आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका कुनै पनि साझेदारले भाग नलिएको स्पष्ट गरे। उनले भने, "यो इजरायली सेनाको एकल कारबाही हो।" 


– रासस, एएफपी

  • RSS

थप