Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

रगतको नाममा ठगीः बिरामीको परिवारसँग दुई हजार असुली गरेर विष्णु चौलागाईं फरार

  •   १२ महिना अघि | २४ असोज २०८२, शुक्रबार

काभ्रे, असोज २४ जिज्ञासा नेपाल ।

‘रगत चाहियो’ भन्ने फेसबुक सूचनाको अवसर पारी ठगले निर्दयी खेल खेलेका छन्। काभ्रे जिल्लाको बेथानचोक–१ का २५ वर्षीय सरोज दाहालको डेङ्गु उपचारका क्रममा रगतको अत्यावश्यक आवश्यकता परेपछि सुरु भएको सहयोग अभियानमा एक जना विष्णु चौलागाईंले मौकाको फाइदा उठाएर संपर्क विहिन बनेका छन् ।

दाहाल काभ्रेको शिर मेमोरियल अस्पतालमा उपचाररत छन्। शुक्रबार अस्पतालले ‘ए पोजिटिभ’ समूहको रगत तुरुन्त उपलब्ध गराउन निर्देशन दिएपछि बिरामीको परिवारले सामाजिक सञ्जालमार्फत सहयोगका लागि सूचना जारी गरेको थियो। सोही सूचना फेसबुकमा देखेका एक व्यक्ति जसले आफूलाई ‘विष्णु चौलागाईं’ भनेर परिचय दिएका थिए । उनले ले बिरामी कुरुवा रोशन दाहाललाई फोन गरेर रगत “डेलिभरी गर्ने” प्रस्ताव राखे।


तस्वीरमा नगद २ हजार हाल्न लगाएर सम्पर्क विहिन बनेका विष्णु चौलागाईं । 

विश्वास दिलाउने स्वरमा उनले भने, “दुई पाउन्ड रगतको डेलिभरी खर्च दुई हजार मात्र हो, इसेवामा पठाइदिनुहोस्।”

पीडित दाहालले त्यसै अनुसार रु. २,००० इसेवा मार्फत पठाए। तर, समय पुगे पनि रगत नपुग्दा र नम्बरमा सम्पर्क गर्दा फोन बन्द भयो।

पछि सामाजिक सञ्जालमार्फत पुनः सन्देश पठाउँदा पनि कुनै प्रतिक्रिया आएन। अहिले चौलागाईंको मोबाइल नम्बर ९८४१४२८३६३ बन्द अवस्थामा रहेको छ।

रगतजस्तो मानवीय संवेदनशील कार्यलाई आधार बनाएर आर्थिक लाभ उठाउने यस्ता ठगहरू समाजको कलङ्क हुन्।

पीडित पक्षले यसबारे प्रहरीमा औपचारिक उजुरी दिने तयारी गरेको जनाएको छ।

साथै, बिरामीका कुरुवाले भनेका छन्, > “रगत माग्दा सहयोग गर्नुपर्ने बेला पैसा लिएर भाग्ने यस्तो निर्दयी प्रवृत्ति विरुद्ध सबै सतर्क हुनुपर्छ।”

रगतसँग खेलवाड गर्ने जो कोही पनि कानूनी कारवाहीबाट उम्कन सक्दैन ।

यदि कसैलाई सोही नम्बर (९८४१४२८३६३) वा व्यक्ति ‘विष्णु चौलागाईं’ सम्बन्धी कुनै जानकारी भएमा नजिकको नेपाल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप