Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बैतडीमा बोलेरो जिप दुर्घटना, एकको ज्यान गयो, तीन घाइते

  •   २ वर्ष अघि | २३ चैत्र २०८१, शनिबार

बैतडी, चैत २३ । बैतडीमा बोलेरो जिप दुर्घटनामा परिँदा एक व्यक्तिको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

देहिमाण्डौँबाट गिरेगडा जाँदै गरेको बा.१.च. ५६५९ नम्बरको बोलेरो जिप दशरथचन्द नगरपालिका–११ अन्तर्गत नानीगाड भन्ने स्थानमा शुक्रबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–५ निवासी ५४ वर्षीय चन्चले दयालको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई जिल्ला अस्पताल पु-याइएपछि राति नै ज्यान गएको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

त्यस्तै दुर्घटनामा परी ५२ वर्षीय लालीराम कोली, ३५ वर्षीय चालक राकेस कोली र ३० वर्षीया कविता परियार घाइते भएका छन्। उनीहरू हाल जिल्ला अस्पताल बैतडीमा उपचाररत छन्।

प्रारम्भिक जानकारीअनुसार जीप अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको बताइएको छ। घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



  • Jigyasa media

थप