Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

त्रिभुवन विमानस्थलबाट ४ किलो सुन बरामद, चार विदेशी नागरिक पक्राउ

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार पास गरिसकेपछि पनि प्रहरीले चार विदेशी नागरिकलाई पक्राउ गर्दै करिब ४ किलो सुन बरामद गरेको छ।

बुधबार राति फ्लाई दुबईबाट नेपाल आएका तीन महिला र एक पुरुष विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ परेका हुन्। भन्सार जाँच पार गरेर टर्मिनल गेटसम्म पुगेका उनीहरूलाई नेपाल प्रहरीको टोलीले शंका लागेपछि जाँच गर्दा ३ किलो ७४५ ग्राम सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।

शंकास्पद गतिविधि, प्रहरीको निगरानीमा परे

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा उज्बेकिस्तानका Akhamadjanovna Dilfuza Marifalieve, Israilovna Saodat Fayzieva, Gulamdjanovan Umida Akhmedov र Sardor Tursunov रहेका छन्।

तीन महिला यात्रुहरूकै साथबाट सुन बरामद भएको भए पनि उनीहरू समूहमा आएको र आपसमा सम्बन्धित देखिएकाले पुरुषलाई समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

विमानस्थल सुरक्षा प्रणालीमाथि प्रश्न

यसअघि पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करीका घटनाहरू पटक–पटक सार्वजनिक भएका छन्। भन्सार जाँच पास गरिसकेपछि पनि सुन बरामद हुनु सुरक्षा व्यवस्थामाथि थप प्रश्न खडा गर्ने घटना बनेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूले प्रयोग गरेको विधि तथा संलग्न समूहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप