Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

बालबालिकालाई बेच्न भारत लैजान खोज्ने तीन जाना कारागार चलान

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई पोखराको होटलमा वेटरको काम लगाइदिने भन्दै झुक्याएर बेच्ने उद्देश्यले भारतर्फत लगिएको भन्दै ललितपुरबाट पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको आइतबारको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

डिल्लीबहादुरलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । तर, धरौटी बुझाउन नसकेपछि डिल्लीबहादुरसहित तीनै जनालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन् ।

  • Jigyasa media

थप