Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो कोसी, बागमती र गण्डकीसहितका प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | १२ असोज २०८२, आइतवार

काठमाडौँ, असोज १२ । आज दिउँसो देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको पूर्वानुमानअनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। कोसी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा समेतको सम्भावना रहेको उल्लेख गरिएको छ। बाँकी प्रदेशका पहाड तथा तराईका थोरै स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ।

आज राति भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। बाँकी भूभागका थोरै ठाउँमा पनि वर्षा पर्न सक्ने सम्भावना छ।

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायु सक्रिय भएकाले वर्षा भएको महाशाखाले जनाएको छ।


🔹 वर्षाको मापन


१० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा


१० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा


५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा


१०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा


२०० मिलिमिटरभन्दा माथि अति भारी वर्षा मानिने बताइएको छ।

🔹 वर्षा हुने क्षेत्रको प्रतिशत

१०% भन्दा कममा पानी परे → एक–दुई स्थान

१०%–३०% मा पानी परे → थोरै स्थान

३०%–५०% मा पानी परे → केही स्थान

५०%–८०% मा पानी परे → धेरै स्थान

८०% भन्दा बढीमा पानी परे → अधिकांश स्थान

मौसमविद्हरूका अनुसार दिउँसो भन्नाले बिहानदेखि साँझ ६ बजेसम्मको अवधिलाई जनाइन्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई बुझाइन्छ।

 सतर्कता: तीव्र वर्षाको सम्भावनाले गर्दा पहाडी क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र यात्रामा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप