Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धनुषामा करेन्ट लाग्दा युवकको ज्यान गयो

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका–६, टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार साँझ छिमेकीको पूजाको लागि जेनेरेटरको तार जोड्ने क्रममा ११ हजार भोल्टेजको तारमा स्पर्श हुँदा मण्डललाई करेन्ट लागेको हो।

प्रहरीका अनुसार, घटनापछि उनलाई तुरुन्तै उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइयो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

मण्डलको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


  • Jigyasa media

थप