Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

देशभर मौसम अपडेट: तराईमा हुस्सु, पहाडमा आंशिक बदली, हिमालमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

काठमाडौं ।हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा भने घना हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित बनेको छ।

दिउँसोको अवस्था

कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। तर, बाँकी भू-भागमा सफा मौसम रहने महाशाखाले जनाएको छ।

राति

रातिको समयमा कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। त्यस्तै, तराईका क्षेत्रमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पुर्याउन सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


  • Jigyasa media

थप