Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १२ – आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदैछ। विशेष गरी दासत्वको इतिहास र त्यसबाट पीडित श्रमिकहरूको सम्मानका लागि यो दिवस हरेक वर्ष मनाइने गरिएको छ।

सन् १८०७ मा संयुक्त अधिराज्यले दास व्यापार उन्मूलन सम्बन्धी ऐन पारित गरेको थियो। त्यसैको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसंघको पहलमा यो दिवस विशेष रूपमा मनाउन थालिएको हो।

अफ्रिकी मुलुकहरूबाट श्रम शोषणका लागि मानिसहरूलाई अमेरिका, युरोपलगायतका देशमा दासका रूपमा प्रयोग गरिन्थ्यो। यो अमानवीय व्यवहारको अन्त्य गर्न कानुनी पहल गरिएको थियो। त्यसयता, दासत्व उन्मूलन अभियानले श्रमिक अधिकारको पक्षमा व्यापक जनचेतना फैलाएको छ।

दासत्व उन्मूलन ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेचबिखन, जबर्जस्ती श्रममा लगाउन वा शोषण गर्न पूर्ण रूपमा निषेध गरेको छ। श्रमिकहरूले उचित सम्मान र पारिश्रमिकका साथ काम गर्न पाउनुपर्ने सन्देश दिन यो दिवस महत्वपूर्ण मानिन्छ।

यसै अवसरमा, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम रहेको छ।

  • Jigyasa media

थप