Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

ससुराली घरमै करेन्ट लागेर मृत्यु

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

विराटनगर, वैशाख १० – विराटनगर–१५ स्थित भट्टीमोडको ससुराली घरमा सुतिरहेका एक भारतीय नागरिकको करेन्ट लागेर ज्यान गएको छ।

भारतको जोगवनीस्थित टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको बुधबार दिउँसो करेन्ट लाग्दा मृत्यु भएको हो। उनी ससुराली पक्षको घरमा ओछ्यानमै सुतेका अवस्थामा दिउँसो करिब २:१५ बजेतिर टेबल पंखाबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

घटनापछि गम्भीर अवस्थामा रहेका चौधरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

  • T

थप