Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

होटेलमा दशैं मनाउन आएका मानन्धर मृत फेला

  •   २ वर्ष अघि | ३ कार्तिक २०८१, शनिबार

कात्तिक ३, हेटौंडा – दशैं मनाउन हेटौंडा आएका काठमाडौंका ४७ वर्षीय अजय मानन्धर स्थानीय होटेलमा मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-७ चावहिल निवासी मानन्धर २७ असोजदेखि हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलको ४०५ नम्बर कोठामा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उनी दशैंको टीका लगाउन मामाघर आएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा, मानन्धर यसअघि पनि हेटौंडामा आउँदा सोही होटेलमा बस्ने गरेको पाइएको छ। शुक्रबार बिहान साथीहरुले फोन गर्दा जवाफ नआएपछि होटेलको ढोका खोलेर हेर्दा उनी मृत फेला परेका थिए।

मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्। शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ।


  • Jigyasa media

थप