Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रामेछापको सुनारपानीमा बोलेरो दुर्घटना, वडाका दलित महिला सदस्यको मृत्यु

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

रामेछाप— रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी सुनारपानीमा दुर्घटनाग्रस्त हुँदा ६० वर्षीया पदममाया नेपालीको घटनास्थलमै मृत्यु भएको हो। पदममाया वडाका दलित महिला सदस्यसमेत थिइन्।

प्रहरीका अनुसार दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूमा चालक गुन कुमार थापामगर र दिलिपकुमार बरुवाल छन्। अन्य घाइतेहरूमा सिता नेपाली, सुजिता रसाईली, ५ महिनाकी बालिका रोनिसा नेपाली रहेका छन्। घाइतेहरूको उद्धार गरी मन्थली अस्पताल पठाइएको छ।

बोलेरो गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।


  • Jigyasanepal

थप