Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

फरार मेयर देवकुमार नेपाली भारतमा पक्राउ, इमेज सहकारीमा २ अर्ब घोटालाको आरोप

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

पोखरा, असोज ११ – इमेज सहकारीमा २ अर्ब रुपैयाँभन्दा बढीको घोटाला आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको दिल्लीबाट पक्राउ गरिएको छ। उनी लामो समयदेखि फरार थिए र उनीमाथि सहकारी रकमको दुरुपयोग तथा सार्वजनिक बचतको हिनामिना गरेको आरोप छ।

२०८० जेठमा इमेज सहकारीमा समस्याहरू देखा परेपछि बचतकर्तालाई रकम फिर्ता गर्ने वाचा गरेका देवकुमार एकाएक फरार भएका थिए। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले रेड नोटिस जारी गरेको थियो, जसको आधारमा उनी भारतमा पक्राउ परेका हुन्।

देवकुमारले आफूले सहकारी रकम घरजग्गामा लगानी गरेको र त्यसलाई बेचेर फिर्ता गर्ने वाचा गरेका थिए, तर समयमै रकम फिर्ता नहुँदा सहकारी पीडितहरूले उनीविरुद्ध उजुरी दिएका थिए।

सहकारी पीडित संघर्ष समितिका अनुसार देवकुमारलाई नेपाल ल्याइएपछि उनीमाथिको कानुनी प्रक्रिया अघि बढ्नेछ। उनीसँग मिलेर फर्जी खाता बनाउने र सहकारीको रकम व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने काम पनि उनीमाथि लागेको छ।

उनको पक्राउसँगै सहकारी पीडितहरूले केही राहतको आशा राखेका छन्।


  • Jigyasa media

थप